सगेन्द्र मिस्टर काठमाडौं, जुनीलाई महिला फिजिकको स्वर्ण
baahrakhari.com · Sun Sep 06 16:17:18 GMT 2026
काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय सगेन्द्रले पुरुष बडीबिल्डिङको ८० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरअल उपाधि समेत आफ्नो नाममा लेखाए । त्यसबापत उनले पाँच लाख रुपैयाँ र आफ्नो ८० केजी तौल समूहको विजेताको रूपमा ४० हजार रुपैयाँ पनि प्राप्त गरेका छन् ।
Read full story at source (baahrakhari.com)