ट्याक्सी-टेम्पोदेखि बससम्म सीसीटीभी अनिवार्य, अहिलेसम्म १६० बसमा जडान
kendrabindu.com · Mon Jul 06 02:58:51 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार नयाँ सरकारले काम थालेयता १६० सार्वजनिक बसमा सीसीटीभी तथा ड्यासक्याम जडान भएको छ । यसमध्ये सबैभन्दा धेरै साझा यातायातका बसमा जडान गरिएको छ । साझाका १११ वटा बसमा सीसीटीभी क्यामरा जडान भइसकेको छ ।
जसमा ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेको मन्त्रालयले जानकारी दिएको छ । महानगर यातायातका ४६ वटा बसमा यस्तो क्यामरा राखिएको छ । यी बसमध्ये २५ वटा बस उपत्यका भित्र र २१ वटा उपत्यका बाहिर चल्ने गर्छन् ।
Read full story at source (kendrabindu.com)