भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै
arthasansar.com

नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ।
ग्राहकहरूले यस प्याकेजसँगै भायाटिभी मात्र २५० प्रति महिना, करसहित मा थप गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन्। साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट-टप-बक्सका लागि २,२६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट-टप-बक्सका लागि केवल १,००० डिपोजिट मात्र लाग्नेछ । ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामी एप सँग पनि सहकार्य गरेको छ। यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन्। डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन्। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ। भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन्। भायानेटको यस सिजनको सन्देश हो — 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै।'
Read full story at source (arthasansar.com)