गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा
ratopati.com · Sun Sep 06 16:57:43 GMT 2026

गुल्मी । गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ । जिल्लाको मदाने गाउँपालिका–६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको बाख्रामा गत तीन साता अघि पिपिआर रोगको सङ्क्रमण देखिएको थियो ।
पिपिआर (भेँडा–बाख्रामा लाग्ने हैजा) फैलिएको क्षेत्रमा पशु आवतजावतमा रोक लगाउनुका साथै प्राविधिक टोली परिचालन गरी सङ्क्रमित बाख्राको उपचार र मरेका पशुलाई सोही ठाउँमा व्यवस्थापन गरेपछि रोग पूर्ण रूपमा नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिए ।
Read full story at source (ratopati.com)