पर्सामा गाँजा र कारसहित भारतीय नागरिक पक्राउ
annapurnapost.com · Mon Jul 06 03:30:18 GMT 2026

वीरगन्ज : पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्यको बेतिया जिल्लाका ३२ वर्षीय गुड्डु बर्मालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
इलाका प्रहरी कार्यालय जानकीटोलाबाट आइतबार राति खटिएको प्रहरीको टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रंगको कारलाई रोकेर चेकजाँच जाँच गरेको थियो। त्यसक्रममा उक्त कारभित्र लुकाएर राखिएको अवस्थामा १० वटा पोकामा रहेको १०२ किलो ६३८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)