सार्वजनिक सवारीमा सीसीटीभी अनिवार्य
tourismface.com · Mon Jul 06 03:49:51 GMT 2026
काठमाडौं। सार्वजनिक यातायातलाई थप सुरक्षित, प्रविधिमैत्री र यात्रुमैत्री बनाउने सरकारी अभियानअन्तर्गत हालसम्म १६० सार्वजनिक बसमा सीसीटीभी क्यामरा र ड्यासक्याम जडान गरिएको छ। अब ट्याक्सी, टेम्पो, माइक्रोबसदेखि ठूला बससम्म सबै सार्वजनिक सवारीमा सुरक्षा निगरानी प्रणाली अनिवार्य हुने भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै साझा यातायातका १११ बसमा सीसीटीभी र ड्यासक्याम जडान भइसकेको छ। तीमध्ये ७१ डिजेल र ४० विद्युतीय बस छन्। त्यस्तै महानगर यातायात का ४६ बसमा पनि सुरक्षा क्यामरा राखिएको छ, जसमा २५ बस काठमाडौं उपत्यकाभित्र र २१ बस बाहिरी रुटमा सञ्चालनमा छन्। पाँचपोखरी सुनौलो यातायातका तीन बसमा पनि यस्ता उपकरण जडान गरिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (tourismface.com)