नेपाल तरुण दलद्वारा विपद् प्रभावित परिवारलाई राहत, २० विद्यार्थीको उच्च शिक्षासम्म अभिभावकत्व लिने
ratopati.com · Sun Sep 06 17:19:22 GMT 2026

काठमाडौँ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा तरुण दलका पदाधिकारी तथा सदस्यहरूले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा राहत सामग्री हस्तान्तरण गरेका छन् ।
तरुण दलले विपद्बाट प्रभावित सय परिवारलाई आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरेको हो । विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको तरुण दलले जनाएको छ ।
Read full story at source (ratopati.com)