बबईको नदीजन्य वस्तुमा अनियमितता
nagariknews.nagariknetwork.com · Mon Jul 06 04:00:21 GMT 2026

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका पाँच वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असुल गरेर स्रोत नखुलेका वा बेबारिसे रहेका ढुंगागिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी बैध बनाएको पाइएको हो।
सरकारी मूल्य अनुसार एक घन मिटरको भ्याटसहितको रकम ३१९ पर्छ भने भ्याट बाहेक २८२ रुपैयाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानुन र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको ६ प्रतिशतका दरले राजस्व लिँदा करोडौंका नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमियता गरेको भेटिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)