बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने
swasthyakhabar.com · Mon Jul 06 04:39:14 GMT 2026

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमनपछि यस्तो निर्णय गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका हुन्।
मन्त्रीद्वयले प्रतिष्ठानको स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी बनाउने तथा सुधारका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।
Read full story at source (swasthyakhabar.com)