र्यापर गिरीशको क्याफेमा युवकको मृत्यु, खतिवडाविरूद्ध कर्तव्य ज्यानको उजुरी
dainikonline.com · Fri Jun 23 04:58:03 GMT 2023
0
Shares
विराटनगर । चर्चित र्यापर गिरीश खतिवडाविरूद्ध प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ ।
उनले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा एक जना युवाको मृत्यु भएपछि परिवारजनले हत्या भएको भन्दै खतिवडा र उनका कर्मचारीविरूद्ध किटानी जाहेरी दिएका हुन् ।
मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको क्याफेमा रहस्यमय तरिकाले मृत्यु भएको भन्दै उनका आफन्तले हत्या भएको आरोप लगाएका हुन् ।
अन्सारीले क्याफेमा नियमित मासु बेच्न लैजाने गरेका थिए । असार ३ गते बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । मासु बिक्री गरेको पैसा माग्न जाँदा उनको हत्या भएको परिवारको दाबी छ ।
अन्सारीका आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् । मोरङ प्रहरीले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
Read full story at source (dainikonline.com)