नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
ratopati.com · Mon Nov 25 17:38:00 GMT 2024

बाँके । नेपालगञ्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या निम्तिएको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ छ वर्षदेखि बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिनका लागि भन्दै भन्सार विभागले २०७४ सालमा नेपालगञ्ज भन्सार कार्यालयलाई लगेज स्क्यानर मेसिन खरिद गरी पठाएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
Read full story at source (ratopati.com)