गाई पालनबाटै आधा करोड आम्दानी
nagariknews.nagariknetwork.com · Mon Jul 06 04:42:18 GMT 2026

रत्ननगर नगरपालिका–१२ स्थित जिरौनाका किशोर बगाले दुबईको एक कम्पनीमा सुपरभाइजर थिए। २०७० सालअघि उनको एक लाख रुपैयाँभन्दा बढी तलब थियो। कम्पनीले फेमेली भिसा दिने तयारीसमेत गरेको थियो, तर राम्रो कमाइ र सुविधाको अवसर हुँदाहुँदै पनि उनले त्यहाँ बस्ने मन बनाएनन्। १० वर्ष काम गरेपछि स्वदेश फर्किए।
स्वदेशमै गाई पालन गर्ने बगालेको हुटहुटी थियो। घर आएपछि उनले गाई पालन व्यवसाय सुरु गरे। ‘विदेशमा पनि राम्रो कमाइ थियो। फेमेली भिसा दिन्छु भन्दा पनि मनले मानेन’, बगालेले भने, ‘त्यहाँ सुपरभाइजर हुँदा पनि नेपालमा गाई फर्म खोल्ने सोचका साथ फर्किएँ।’