ग्रीनफोर्ड नाइट्स च्याम्पियन : ए-स्टार नेपाल बास्केटबल लिग २०२६ को उपाधि कब्जा
kalakarmi.com · Mon Jul 06 04:51:07 GMT 2026
लन्डन- नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्याण्डहस्र्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्डले ट्रफी चुमेको हो ।
विजेता टोलीलाई लिगको मुख्य प्रायोजक ए-स्टार मोर्गेजेज युके तथा ए-स्टार रियल एस्टेट्स युकेका प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गरे । त्यस्तै, लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर विष्णु बहादुर गुरुङ, तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा नेपाल पत्रकार महासंघ युके शाखाकी अध्यक्ष बिमला सेनेले विजयी तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । नेपाल फुड्स र अनुग्रह ज्वेलर्सलगायतले खेलाडीहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरे ।
Read full story at source (kalakarmi.com)