कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु
lokaantar.com

कपिलवस्तुको वाणगङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वाणगङ्गा नगरपालिका-१० गोगापुर बस्ने ४० वर्षीय दासु थारूको आइतबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (lokaantar.com)