रुरुक्षेत्रको काउले–रिमुवा सडक खण्ड छ दिन बन्द
gorkhapatraonline.com · Fri May 22 00:44:40 GMT 2026

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६, मा निर्माणाधीन धोविघाट–रिमुवा–रुद्रवेणी सडक स्तरोन्नती गर्न लागेको हुँदा काउले–रिमुवा खण्ड छ दिन बन्द हुने भएको छ। शुक्रबारदेखि यहि जेठ १३ गतेसम्म यस खण्डमा सडक बन्द हुन लागेको रुरुक्षेत्र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर– १५, दाङका रोल्पा पशुपति जेभिका निर्माण व्यवसायीबाट सडक निर्माणको काम हुनेभएको छ। यहाँ निर्माणको काम गर्नका लागि यस खण्डमा निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो।
Read full story at source (gorkhapatraonline.com)