नयाँ अध्यक्षको प्रतिबद्धतापछि सेबोन कर्मचारीको आन्दोलन स्थगित
aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुले १० महिनादेखि जारी आन्दोलन साउन मसान्तसम्मका लागि स्थगित गरेका छन् । नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले समाधान निकाल्ने प्रतिबद्धता जनाएपछि आन्दोल स्थगित भएको हो । कर्मचारीहरुले उनलाई विश्वास र समर्थन जनाउँदै आन्दोलन अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक कर्मचारीले बताए ।
बोर्डका कर्मचारीहरु विगत १० महानादेखि कर्मचारी कल्याण कोष तथा सुरक्षण कोषसम्बन्धी विषयलाई लिएर आन्दोलनरत थिए। कर्मचारीहरुले नयाँ नेतृत्वबाट आफ्ना मागको सम्बोधन हुने अपेक्षासहित आन्दोलन रोक्ने निर्णय गरेको जनाइएको छ ।
Read full story at source (aarthiknews.com)