मृतकको संख्या ४ पुग्यो
nepaltvonline.com · Tue May 12 12:05:30 GMT 2026
काठमाडौँ- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको बस दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । थप दुई जनाको उपाचारको क्रमम निधन भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइेतेहरु केहीको अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइहरेको छ । केहीलाई पाल्पा र बुटवल अस्पताल लगिएको छ ।
सन्धिखर्क–पाल्पा सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–८ स्थित कुरुलेफाँट नजिक आज भएको दुर्घटनामा पर्वतबाट फर्किँदै गरेको पर्वत जिल्लाको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
Read full story at source (nepaltvonline.com)