‘खामेनीका समर्थक रोएको देखेर म छक्क परेँ, त्यो केवल नक्कली आँसु र गोहीको रुवाइ हो!’
barnanmedia.com · Mon Jul 06 06:16:43 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी भएर शोक व्यक्त गरेको दृश्य आफूलाई अप्रत्याशित लागेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम Axios सँगको टेलिफोन अन्तर्वार्तामा उनले खामेनीलाई इरानी जनताले घृणा गर्ने आफ्नो धारणा दोहोर्याउँदै शोकमा देखिएको रुवाइप्रति पनि शंका व्यक्त गरेका हुन्।
ट्रम्पले भने, "शोक समारोहमा केही मानिसहरू रोइरहेको देखेर म छक्क परेँ। मलाई थाहा छ उनीहरू खामेनीलाई घृणा गर्छन्। शायद त्यो नक्कली आँसु हो।" उनले शोक समारोहमा उपस्थित इरानी शीर्ष नेतृत्व अमेरिकाको निशानामा रहेको दाबी गर्दै "एकै प्रहारमा सबैलाई मार्न सकिन्छ" भने पनि त्यसो नगर्ने बताएका छन्।
Read full story at source (barnanmedia.com)