यस्तो छ आजदेखि चल्ने यात्रिकालीन बसको रुट
nagariknews.nagariknetwork.com · Tue Apr 14 11:51:24 GMT 2026

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा सुरु हुँदैछ । साझा यातायाताले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउन आज साँझ ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा बस सञ्चालन गर्ने जनाएको छ । उत्तर-दक्षिण, पूर्व-पश्चिम रुटमा रात्रिकालीन बस सेवा सञ्चालन हुनेछ।
यो सेवाका लागि साझा यातायातले सात विद्युतीय बस प्रयोग गर्नेछ भने पूर्व-पश्चिम रुटमा चार वटा बसले एयरपोर्टदेखि सिनामङ्गल, तीनकुने, बानेधर, माइतीघर, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालीमाटी र कलङ्की हुँदै थानकोटसम्म सेवा दिनेछन् भने फर्कदा थानकोटबाट कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, एनएसी जमल, बानेश्वर हुँदै एयरपोर्टसम्म पुग्नेछन्। त्यसैगरी, उत्तर-दक्षिण रुटमा ३ वटा बसले बुढानीलकण्ठदेखि आँसवारी, महाराजगञ्ज, लाजिम्पाट, जमल, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल र कुमारीपाटी हुँदै लगनखेलसम्मको यात्रा तय गर्नेछन्।
Read full story at source (nagariknews.nagariknetwork.com)