नेपाल र तिब्बतको बाढी प्रभावित क्षेत्रमा राहत र पुन: निर्माणमा सहयोग गर्ने एप्पलको घोषणा
techpana.com · Fri Aug 28 06:48:00 GMT 2026

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा शुक्रबार एक पोस्ट लेख्दै कुकले बाढीबाट प्रभावितहरू प्रति सहानुभूति प्रकट गरेका हुन् । साथै, एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने समेत उनले घोषणा गरेका छन् ।
उनले लेखेका छन्, “नेपाल र तिब्बतमा आएको दुखद आकस्मिक बाढी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ । एप्पलले त्यहाँको राहत र पुनर्निर्माण प्रयासहरूमा सहयोग पुर्याउन आर्थिक सहयोग दिँदैछ ।” कुकले कति रकम सहयोग गर्ने भन्नेबारे भने स्पष्ट खुलाएका छैनन् ।
Read full story at source (techpana.com)