गुल्मीका सात जना कर्मचारी रसुवामा सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 07:50:14 GMT 2026

रसुवाको बाढीमा गुल्मीका सात जना सम्पर्क बिहिन भएका छन् । गुल्मी सत्यवती गाउँपालिका ६ जुहाङ घर भइ बर्दघाट नवलपरासी बस्ने यादव भण्डारीसहित सात जना सम्पर्कमा छैनन् । भण्डारी अध्यागमन कार्यालय रसुवागढीका अधिकृत हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार रसुवा भन्सारमा कार्यरत कर्मचारी मालिका गाउँपालिका ७ घमिरका दिनेश घिमिरे, हाइड्रोपावरमा कार्यरत छत्रकोट गाउँपालिका ४ दिगामका गणेश ज्ञवाली र हाइड्रोपावरका सुरक्षागार्ड सत्यवती गाउँपालिका ८ का झन बहादुर गलामी पनि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।
Read full story at source (gorkhapatraonline.com)