भारतीय गृहमन्त्रीले पशुपतिमा चढाए ४० किलो चन्दन
annapurnapost.com · Fri May 22 01:36:49 GMT 2026

काठमाडौं : भारतीय गृहमन्त्री अमित साहले पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधनाका लागि ४० किलो चन्दन अर्पण गरेका छन्। भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो।
भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ। गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गरेका थिए।
Read full story at source (annapurnapost.com)