भोटेकोशी बाढी : उद्धार र राहतमा जुट्न इन्सेकको अपिल
annapurnapost.com · Thu Aug 27 07:49:53 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब ९ बजेको समयमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गहिरो दुःख व्यक्त गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै इन्सेकले बाढीमा परी ज्यान गुमाउने कम्तीमा १७७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचारमा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ।
Read full story at source (annapurnapost.com)