कर्णाली नदीमा गाडी खसेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै सदनमा आपत्ति
himalpress.com · Mon Jul 06 06:59:17 GMT 2026

काठमाडौँ- गत असार १८ मा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेखस्थित कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार (असार २२) प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अहिलेसम्म उक्त दुर्घटनाबारे सरकार बेखबर भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन? भनेर प्रश्न गरे।
‘कर्णाली नेपालमा पर्छ कि पर्दैन? विपद्का बेला राज्य किन बेखबर हुन्छ? आकाशमा मन्त्री उडिरहँदा नदीमा नागरिक डुबिरहेका थिए,’ उनले भने। शाहीले कर्णालीको नागरिकको ‘मूल्य’ तोकिदिन आग्रह गरे । ‘कर्णालीको नागरिकको मूल्य कति हो, सभामुख महोदय? तोकिदिन पर्यो। भिख मागेका होइनौँ,’ उनले भने।
Read full story at source (himalpress.com)