आईपीएलको प्लेअफ बाट बाहिरियो चेन्नइ
arthasansar.com
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ । बिहीबार बेलुका अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । उसका लागि शिभम दुवेले सार्वधिक ४७ रनको योगदान दिए । अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । गुजरातका लागि मोहमत सिराज, कागिसोर रवाडा र रासिद खानले समान ३/३ विकेट लिए ।
Read full story at source (arthasansar.com)