चेम्निज ओपन करातेमा नेपालको दुई खेलाडीले प्रतिस्पर्धा गर्ने
baahrakhari.com · Tue Nov 26 17:35:53 GMT 2024
काठमाडौं । जर्मनीको चेम्निजमा हुने चेम्निज ओपन कराते प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दै छ ।
नोभेम्बर ३० तारिखमा हुने प्रतियोगिताको यू–१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यू–२१ उमेरसमूहको ६० केजीमुनि विकास घर्तीले प्रतिस्पर्धा गर्ने छन् ।
Read full story at source (baahrakhari.com)