विमानस्थल अध्यागमनमा गृहमन्त्रीको 'सरप्राइज' एक्सन: कर्मचारीलाई अब अनिवार्य ढाका टोपी!
barnanmedia.com · Mon Jul 06 07:05:20 GMT 2026

नेपाली संस्कृति, राष्ट्रिय पहिचान र मौलिकताको प्रवर्द्धनका लागि गृह मन्त्रालयले एक ऐतिहासिक र प्रसंशनीय कदम चालेको छ। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) स्थित अध्यागमन कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा नेपालको राष्ट्रिय पहिचान झल्किने 'ढाका टोपी' लगाउन कडा निर्देशन दिएका हुन्।
विमानस्थलको आकस्मिक निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपालीपनको जगेर्ना र सेवा प्रवाहमा सुधार ल्याउन सो नयाँ नियम तत्काल लागू गर्न निर्देशन दिएका हुन्।
Read full story at source (barnanmedia.com)