तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
bishowkhabar.com · Mon Jul 06 07:14:28 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार विद्युत् तथा ग्यास, वित्तीय तथा बीमा, यातायात, भण्डारण र व्यापार क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिमा टेवा पुगेको हो। १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक १६ क्षेत्रमा धनात्मक वृद्धि देखिएको छ।
Read full story at source (bishowkhabar.com)