नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण
arthadabali.com · Mon Jul 06 07:17:41 GMT 2026

टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ ।
किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणबाट चारवटा आवासीय भवनमा आगलागी भएको छ । बुचा जिल्लामा सात जनाको र राजधानी क्षेत्रमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । किएभका मेयर भिटाली क्लिट्स्कोले हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको र सर्वसाधारणलाई सुरक्षित आश्रय स्थलमै बस्न आग्रह गरे ।
Read full story at source (arthadabali.com)