ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको उछालले अर्थतन्त्रमा नयाँ उत्साह
kalakarmi.com · Mon Jul 06 07:09:28 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो ।
कार्यालयका अनुसार तेस्रो त्रैमासमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा बढी २४.८८ प्रतिशतले विस्तार भएको छ भने वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Read full story at source (kalakarmi.com)