मन्त्रीपरिषद् बैठक सुरु, बाढीका सम्बन्धमा छलफल हुँदै
gorkhapatraonline.com · Fri Aug 28 06:53:07 GMT 2026

काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका सम्बन्धमा छलफल गर्न बोलाउनुभएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ । रसुवाको भोटेकोसीमा यही १० गते आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक र महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले सो बैठक बोलाउनुभएको हो । बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अगाडि बढाउने विषयमा छलफल हुनेछ ।
Read full story at source (gorkhapatraonline.com)