विकास रोक्ने भ्रष्ट गिरोहमाथि पूर्वाधार मन्त्रीको भीषण प्रहार– ‘फाइल अड्काउने मन्त्रीलाई थुन्छौँ, मेयरलाई कार्बाही गर्छौँ!’
barnanmedia.com · Mon Jul 06 07:17:35 GMT 2026

पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने प्रदेशमन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
स्थानीयसँगको संवादका क्रममा लम्सालले जनताको काम नगर्ने वा नागरिकलाई अपहेलना गर्ने मेयरबारे जानकारी दिन आग्रह गर्दै आवश्यक कारबाही गरिने बताए। उनले प्रदेश सरकारका मन्त्रीहरूले पनि जिम्मेवारीअनुसार काम नगरे कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिए।
Read full story at source (barnanmedia.com)