नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण
nepalnews.com · Mon Jul 06 07:43:20 GMT 2026
किएभ। टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको संकेत दिएको छ। किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणबाट चारवटा आवासीय भवनमा आगलागी भएको छ। बुचा जिल्लामा सात जनाको र राजधानी क्षेत्रमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए।
Read full story at source (nepalnews.com)