संविधान संशोधन बहसपत्र तयार गर्न ज्ञान नभएकालाई संयोजक बनाइयो : आङ्देम्बे
onlinekhabar.com · Mon Jul 06 08:08:18 GMT 2026

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरेको समितिप्रति प्रश्न उठाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको नाममा अपरिपक्क काम गरिरहेको बताएका हुन् ।
‘संविधानको मूल मर्मलाई नचलाई गरौँ । केके गर्नुपर्छ गरौँ । अहिले जसरी संविधान संशोधनलाई हल्का रुपमा लिएर सरकारले संवैधानिक कानुनका ज्ञान नभएकालाई संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र जसरी गर्दैछ यो अपरिपक्क काम भइरहेको छ भन्ने हाम्रो ठहर हो,’ उनले भने, ‘आफ्नो आसेपासे रहनुबाहेक संविधानमा कुनै योगदान नरहेकोलाई संयोजक बनाइयो । हाम्रो संविधानले चिनेको बहालवाला प्रधानन्यायीश वा अरु कोहीको संयोजकत्वमा हुनुपर्नेमा त्यसो भएन । यसमा कांग्रेसको फरक मत छ, रहन्छ ।’
Read full story at source (onlinekhabar.com)