विदेशी उद्धार टोलीको आवश्यकता नरहेको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति
clickmandu.com · Fri Aug 28 06:59:59 GMT 2026

एजेन्सी । विनाशकारी आकस्मिक बाढीपछि खोजी र उद्धार कार्यका लागि नेपाललाई विदेशी सहायताको आवश्यकता नरहेको कुरा शुक्रबार परराष्ट्र मन्त्रालयले जनाएको छ । विपदमा आफ्ना नागरिकहरू बेपत्ता भएका धेरै देशहरूले सहयोगको प्रस्ताव गरेका छन् ।
परराष्ट्र मन्त्रालयले उद्धार कार्यको व्यवस्थापन आफैं गरिरहेको बताएको छ । ‘सहयोगको प्रस्ताव आउनु स्वाभाविक हो । हाम्रा सुरक्षा निकायहरूले खोजी र उद्धार कार्य गरिरहेका छन् । अहिलेका लागि हामीलाई यस्तो सहयोगको आवश्यकता छैन,’ थप विवरण नदिई परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
Read full story at source (clickmandu.com)