अतिक्रमण गरी बनाइएका संरचना हटाइने
lokaantar.com

सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।
डिभिजनअन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ । सडक सीमा अतिक्रमित हँुदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संंरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ ।
Read full story at source (lokaantar.com)