देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का
onlinekhabar.com · Fri May 22 03:27:21 GMT 2026

८ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो।
विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ।
Read full story at source (onlinekhabar.com)