प्रधानमन्त्रीको संसदीय उपस्थितिबारे विपक्षी दलका नेता आङ्देम्बेको प्रश्न
canadanepal.com · Mon Jul 06 08:43:50 GMT 2026

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै संसद्प्रतिको कार्यकारी नेतृत्वको जिम्मेवारीबारे प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले लोकतान्त्रिक अभ्यास भएका मुलुकहरूमा विपक्षी दलका नेताले संसद्मा धारणा राख्दा प्रधानमन्त्री स्वयं उपस्थित भएर त्यसलाई सुन्ने परम्परा रहेको उल्लेख गरे। उनले यस्तो अभ्यासले सरकारलाई विपक्षबाट आउने सुझाव, आलोचना र मार्गनिर्देशनलाई प्रत्यक्ष रूपमा ग्रहण गर्ने अवसर प्रदान गर्ने बताए।
Read full story at source (canadanepal.com)