नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामेरा जडान गरिने
baahrakhari.com · Fri May 22 03:29:24 GMT 2026

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न पालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामेरा जडान गर्न बिहीबार (जेठ ७) नगरपालिका र प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सीसी क्यामेरा जडान गर्न लागिएको छ । उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे ।
Read full story at source (baahrakhari.com)