काठमाडौं आइपुगे एडीबी अध्यक्ष मासातो कान्डा, नेपालको विकासमा निरन्तर सहयोगको प्रतिबद्धता
kalakarmi.com · Mon Jul 06 08:55:41 GMT 2026

काठमाडौं- एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् ।
नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन् ।
Read full story at source (kalakarmi.com)