ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित
onlinekhabar.com · Wed Nov 27 11:02:08 GMT 2024
१२ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए ।
Read full story at source (onlinekhabar.com)