मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
onlinekhabar.com · Fri Jun 05 07:51:47 GMT 2026

२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग भएको हो ।
इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना [email protected] बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
Read full story at source (onlinekhabar.com)