प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे
khabarhub.com · Mon Jul 06 09:19:19 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् । संसद्लाई सम्बोधन गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री भएलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन र करोडभन्दा बढी बैंक मौज्दात देखिएको भन्दै त्यसको कानुनी स्रोत स्पष्ट हुनुपर्ने माग गरे । विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नै नभएको बताउने प्रधानमन्त्रीसँग त्यत्रो सम्पत्ति कहाँबाट आयो भनी जनताले प्रश्न गरिरहेको उनको भनाइ थियो।
Read full story at source (khabarhub.com)