कुलेखानीमा माछा बिक्रीबाट साढे तीन लाख राजस्व सङ्कलन
gorkhapatraonline.com · Fri May 22 04:12:42 GMT 2026

मत्स्य विकास केन्द्र कुलेखानी, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को दस महिनाको अवधिमा डेढ मेट्रिकटनभन्दा बढी माछा बिक्री गरी तीन लाख ७८ हजार ६३८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । केन्द्रले चालु आवमा दुई मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिएकोमा बाँकी दुई महिनाभित्र लक्ष्यभन्दा बढी उत्पादन तथा बिक्री हुने अपेक्षा गरिएको केन्द्रका प्रमुख एवम् मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिनुभयो ।
केन्द्रले इन्द्रसरोवर तालमा तिहारी जाल तथा केज प्रणालीमार्फत माछा पालन गर्दै आएको छ । उत्पादित माछा साताको दुई दिन बिहीबार र शुक्रबार बिक्री गरिँदै आएको छ । हाल केन्द्रले सिल्भर, बिगहेड, कमन ग्रास, रहु र नैनी जातका माछा उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ । उत्पादित माछा अधिकांश स्थानीय स्तरमै खपत हुने गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)