राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व
ratopati.com · Sun Sep 06 22:53:27 GMT 2026

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।
Read full story at source (ratopati.com)