‘असारे घाँसे जुहारी’ सार्वजनिक
rajdhanidaily.com · Mon Jul 06 09:32:58 GMT 2026
काठमाडौं । असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आएको छ । यसपालिको असारे गीतमा भने वैदेशिक रोजगारका लागि बाध्यताले गाँउघर र परिवार छोडेर जानुपर्ने बाध्यात्मक युवाको पीडा समेटिएको छ ।
Read full story at source (rajdhanidaily.com)