सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
deshsanchar.com · Wed Nov 27 17:03:54 GMT 2024

इनरुवा (सुनसरी) – जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन्। धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ।
इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गर्नुभएको थियो। उनले करिब रु एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए। गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उहाँको भनाइ छ। दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए।
Read full story at source (deshsanchar.com)