महोत्तरीमा ४८७ किलो गाँजासहित दुईजना पक्राउ
annapurnapost.com · Mon Jul 06 09:30:11 GMT 2026

ढल्केवर : महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।
प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो।
Read full story at source (annapurnapost.com)