सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
barnanmedia.com · Mon Jul 06 09:33:03 GMT 2026

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भन्नुभयो । सांसद आङ्देम्बेले भन्नुभयो“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”
Read full story at source (barnanmedia.com)