न्यूनत्तम सेवा मापदण्डमा भक्तपुर अस्पताल सर्वोत्कृष्ट
annapurnapost.com · Fri May 22 04:21:19 GMT 2026

भक्तपुर : भक्तपुर अस्पतालले न्यूनत्तम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ । यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट हुन सफल भक्तपुर अस्पतालले यस पटक अझ अंक बढाउँदै ९३ अंकसहित सर्वोत्कृष्टता कायम राखेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको टिमले ३ दिन लगाएर गरेको मूल्यांकनको नतिजा सार्वजनिक भएसँगै भक्तपुर अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताए ।
मूल्यांकन समिति सदस्य रहेकी नर्सिङ्ग अधिकारी बिमला बरालले एक सयदेखि तीन सय बेडसम्मका अस्पताललाई सेकेण्डरी बी लेभलमा राखेर न्यूनत्तम सेवा मापदण्ड तोकिएको र त्यसैको आधारमा सेवा कार्यान्वयनको अवस्था मूल्यांकन गरिएको जानकारी गराइन् । यो लेभलका अस्पताल बागमती प्रदेश अन्तर्गत ६ वटा र देशैभर कूल ५२ वटा रहेको बरालले बताइन् ।
Read full story at source (annapurnapost.com)